जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासीले आज बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन्। थली साँखु सडक संघर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले सडक कालोपत्र गर्न दबाब दिइएको जानकारी गराएका छन् ।
‘सडक हिउँदमा धुलो र बर्खामा हिलो भएर हैरान छ,’ उनले भने, ‘०७६ मै सडक कालोपत्र गर्ने भने पनि अहिलेसम्म कालोपत्र गर्ने सुरसार छैन।’उनकाअनुसार ०७६ जेठ मा छ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो। तर दुई वर्ष भइसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीय बासिन्दाले विरोध गरेको उनले बताए।
थलीचोक, मिलनचोक र थली उकालोमा बाँस तेर्साएर स्थानीयले सडक अवरोध गरेको सिंखडाले बताए। देशकै राजधानी काठमाण्डौमै बाटोको अवस्था खराब भएका कारण स्थानीय आन्दोलित बनेका हुन् ।
घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे भएर हिँड्न सक्ने अवस्था छैन । जोरपाटी साखु सडक खण्ड अत्तरगत थली बजारमा बाटो धुलाम्मे छ । लामो समय हिलो र धुलोको चपेटामा परेका स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।