शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डलरको भाउ घट्यो, यस्तो छ अन्य मुलुकको विनिमय दर


  • शुक्रबार, चैत्र ४ २०७८
11.1K
SHARES

फाईल तस्बिर

अघिल्लो दिनको तुलनामा आज शुक्रबार डलरको भाउ केही घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा र बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो ।

यस्तै आज यता युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा र बिक्री दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ ।  जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा