लन मस्कको उक्त चुनौतीलाई युक्रेनी राजनीतिज्ञहरुले स्वागत गर्दै रुसको गालामा झापड प्रहार भएको बताएका छन्। किभका मेयर भिताली किलस्च्कोले मस्कको उक्ट ट्विटमा तीनवटा पाखुराको इमोजी पठाएका छन्।
रुसी राष्ट्रपति पुटिनले भने मस्कको उक्त चुनौतीमा कुनै प्रतिक्रिया दिएका छैनन्। रुसले युक्रेनमाथि आक्रमण थालेदेखि नै मस्कले युक्रेनको समर्थन गर्दै आएका छन्।
यही महिनाको सुरुवाताम मस्कको क्यालिफोर्नियास्थित कम्पनीले युक्रेनलाई स्टारलिंकमार्फत इन्टरनेट पहुँच कायम राख्नका लागिर स्याटेलाइट डिसहरु उपलब्ध गराउने घोषणा गरेका थिए। रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि लगातार आक्रमण गर्दै आएको छ।
याे पनि पढ्नुहाेस्:
एजेन्सी – रुस–युक्रेन तनावमा चीनले ईन्ट्री गरेपछि अमेरिका बिच्किएको छ । अमेरिकाले कडा चेतावनी समेत दिएको छ । रुसले चीनलाई युक्रेनसँग लड्न सैन्य सहयोग मागेको अमेरिकी शीर्ष अधिकारीले बताएका छन्।
आइतबार अमेरिकी अधिकारीले उल्लेख गरेअनुसार रुसले चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको हो। यस विषयमा रुसले भने कुनै प्रतिक्रिया छैन। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताएका छन्।
उनले अहिले आफूहरु निरन्तर चीनले रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन्। उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको उनले बताए।
उनले कुनै पनि मुलुकले रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध कमजोर हुने किसिमका कार्य गर्न नहुने बताए। अमेरिकाले रुसलाई सहयोग हुने किसिमको कुनै पनि सहयोगको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको छ।
फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। यसैबीच रुसलाई पश्चिमा मुलुकले पनि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन्। यता वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् । चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको उनको भनाइ छ ।
चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।यसैबीच युक्रेनको राजधानी किभ नजिक पुगेको रुसी सेनाले युद्धको १५ औं दिनमा युक्रेनको मारिउपोल शहरमा कब्जामा लिएको छ । रुसी सेनाले कब्जा जमाएपछी खाद्यान्न र पानीको अभाव झेलिरहेका त्यहाँका १ लाख ४० हजार नागरिक विस्थापित भएका छन् ।