शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुस–युक्रेन तनावमा चीनको ईन्ट्रीपछि बिच्कियो अमेरिका !


  • मंगलबार, चैत्र १ २०७८
15.9K
SHARES

फाइनल तस्विर

एजेन्सी – रुस–युक्रेन तनावमा चीनले ईन्ट्री गरेपछि अमेरिका बिच्किएको छ । अमेरिकाले कडा चेतावनी समेत दिएको छ । रुसले चीनलाई युक्रेनसँग लड्न सैन्य सहयोग मागेको अमेरिकी शीर्ष अधिकारीले बताएका छन्।

आइतबार अमेरिकी अधिकारीले उल्लेख गरेअनुसार रुसले चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको हो। यस विषयमा रुसले भने कुनै प्रतिक्रिया छैन। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताएका छन्।

उनले अहिले आफूहरु निरन्तर चीनले रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन्। उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको उनले बताए।

उनले कुनै पनि मुलुकले रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध कमजोर हुने किसिमका कार्य गर्न नहुने बताए। अमेरिकाले रुसलाई सहयोग हुने किसिमको कुनै पनि सहयोगको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको छ।

फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। यसैबीच रुसलाई पश्चिमा मुलुकले पनि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन्। यता वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् । चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको उनको भनाइ छ ।

चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।यसैबीच युक्रेनको राजधानी किभ नजिक पुगेको रुसी सेनाले युद्धको १५ औं दिनमा युक्रेनको मारिउपोल शहरमा कब्जामा लिएको छ । रुसी सेनाले कब्जा जमाएपछी खाद्यान्न र पानीको अभाव झेलिरहेका त्यहाँका १ लाख ४० हजार नागरिक विस्थापित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा