आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


  • आइतबार, फाल्गुन २९ २०७८
14.1K
SHARES

फाइल तस्विर

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

याे पनि पढ्नुहाेस्:

नेप्से १०० अंकले बढ्यो, सबै उपसूचकमा हरियाली छाउँदा कारोबार रकम पनि बढ्यो

बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेसँगै सेयर बजारमा पनि हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३.९४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार सुरुवातबाट नै वृद्धि भएको नेप्से बीचमा केही उतारचढाव देखिए पनि १०१.०७ अंकले वृद्धि भएर २६६७.९७ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६.३७ (३.३२ प्रतिशत) ले वृद्धि भएर ५०९.९० अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्लो केही समययता दुईदेखि तीन अर्बको वरिपरि रहेको कारोबार रकम बढेर आज चार अर्ब ८७ करोड पुगेको छ ।

आज बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने चार कम्पनीको सेयर मूल्य मात्रै घटेको छ ।

अपी पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, युनाइटेड इदी मादी एन्ड आरबी कम्पनी र आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट भएको छ ।

एसियन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

आज बजारमा कारोबार भएका मध्ये शिवम् सिमेन्टको सर्वाकि ३४ करोडको कारोबार हुँदा अपी पावरको र ३० करोडको सेयर कारोबार भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गएको र चैतमा निक्षेपको ब्याजदर नबढाउने सहमतिले पनि बजारमा सकारात्मक प्रभाव परेको हो ।

यस्तै, कतिपय कम्पनीको सेयर मूल्य तल्लो विन्दुमा झरिसकेकोले दीर्घकालीन लगानीकर्ताले बजार प्रवेश गर्ने अवसरका रूपमा लिँदा समेत बजार सकारात्मक बनेको बुझाइ लगानीकर्ताको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा