नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको बुधबार यो वर्षकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज एकै दिन ३ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यावसायी महासघंले जनाएको छ ।
बुधबार सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँमा कायम भएको थियो ।
त्यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४५० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कायम भएको छ ।
त्यसैगरी अन्तराष्ट्रिय बजारमा पनि बहुमूल्य धातु सुनको मूल्य घटेको छ । रुसले र यूक्रेनमा हमला गर्ने आशंकामा सेफ हेभन एसेटको माऊ बढेकाले सुनको भाउ लगातार बढेको थियो ।
विहिबार न्यूयोर्क मर्कन्टाइद एस्चेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस १ हजार ९८३ डलर ५४ सेन्टमा पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा डलरको भाउ पनि घटेको छ । बुधबार डलरको विक्रिदर १२३ रुपैयाँ ३६ पैसा रहेको थियो । भने आज १२२ रुपैयाँ ८० पैसा कायम भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।