आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

नेप्से परिसूचक ५२ अंकले बढ्यो


  • बिहिबार, फाल्गुन २६ २०७८
9.3K
SHARES

फाइल तस्विर

साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ३१ अंकले बढेर २५ सय ६६ दशमलव ९० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३४ अंकले बढेर ४९३ दशमलव ५३ अंकमा पुगेको छ ।

कारोबार रकममा पनि बुधबारको भन्दा झिनो सुधार देखिएको छ । दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक उच्च अंकले बढ्दा अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको ३१ रुपैयाँले बढेर ३४१ दशमलव ५० रुपैयाँमा पुगेको छ । यसैगरी कणर्ाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३३ रुपैयाँल्े बढेर ४०४ रुपैयाँमा पुगेको छ भने नेपाल हाइड्रोको ४१ रुपैयाँले बढेर ५१५ रुपैयाँमा पुगेको छ ।

समग्रमा बजार बढे पनि केही कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । घट्ने पहिलो नम्बरमा माउन्टेन इनर्जीको सेयर मूल्य ३५ रुपैयाँले ११ सय रुपैयाँमा पुगेको छ । दोस्रोमा एनटीसीको ३४ रुपैयाँले घटेर १६ सय ४६ रुपैयाँमा झरेको छ भने बोटलर्स नेपाल (तराईं) को सेयर मूल्य २५३ रुपैयाँले घटेर १३ हजार ५८७ रुपैयाँमा झरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा