साताको चौथो दिन सेयरबजार परिसूचक नेप्से ३०.२९ अंकले घटेर २५१४.६५ अंक कायम भएको छ । बुधबार नेप्से सुरुवाती चरणमा केही सकारात्मक देखिए पनि दिनभर राताम्य भएको थियो ।
यसदिन नेप्सेसँगै ‘क’ वर्गका कम्पनी मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । बजार परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सक्रियाता पनि घट्दै गएको छ । आज कारोबार रकम दुई अर्ब ३५ करोडमा सिमित भएको छ ।
बुधबार नेपाल दूरसञ्चार कम्पनीको साढे १० करोडमाथि र एनआईसी एसिया बैंकको साढे १० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
कुल १९२ कम्पनीको सेयर कारोबारमा आउँदा १७१ कम्पनीको सेयरम मूल्यमा गिरावट भएको छ । यस्तै, १९ कम्पनीको सेयरमूल्य वृद्धि भयो भने दुई कम्पनीको स्थिर रह्यो ।
बजारमा कारोबार भएकामध्ये माउन्टेन इनर्जीको सवार्धिक ८.१० प्रतिशतले वृद्धि भएको छ । हालै सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुरु भएको इमर्जिङ नेपालको सेयर मूल्य ३.९९ प्रतिशत र आइसीएफसी फाइनान्सको सेयर मूल्य ३.९५ प्रतिशतले वृद्धि भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।