काठमाडौँः चाबहिल, मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेजले वार्षिक रूपमा आयोजना गर्ने खेलकुद प्रतियोगिता ‘एन्युअल ईसीए मिट–२०७८’ सुरु गरेको छ ।
मंगलबार कलेजको प्राङ्गणमा टेक्सस एजुकेसन नेटवर्कका सिइओ तथा कलेजका क्याम्पस प्रमुख भेषराज पोखरेलले म्याराथन प्रतियोगिताको रिबन काट्दै ईसीए मिटको उद्घाटन गरे । ईसीए मिट अन्तर्गतको म्याराथन पहिलो प्रतियोगिता हो । सो दौड प्रतियोगिता बिहान ७ बजेबाट सुरु भएको थियो ।
‘स्वास्थ्यका लागि खेल’ भन्ने मूल नारा सहित सुरु गरिएको ईसीए मिट ४ दिनसम्म चल्नेछ ।
विद्यार्थीलाई कलेजको चार वटा दिवालमा मात्र सीमित नगरी चौतर्फी विकासमा जोड्न इन्टरनेशनल एजुकेसन नेटवर्कले प्रत्येक वर्ष इन्ट्रा कलेज खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । जसको निरन्तरता स्वरूप यस वर्ष पनि एन्युअल ईसीए मिट आयोजना गरिएको प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताए ।
फाल्गुन २७ गतेसम्म हुने ईसीए मिटमा कलेजमा अध्ययनरत २ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ । समापन कार्यक्रम २७ गते हुने र सोही दिन विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।
विजयी विद्यार्थीहरूलाई नगद सहित ट्रफ्री, मेडल, प्रमाण–पत्र, छात्रवृत्तीद्धारा पुरस्कृत गरिने जनाइएको छ ।
सोही ‘एन्युअल ईसीए मिट’मा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठसंग संवाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडिओ अंश:
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।