शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक झिनो अंकले बढ्यो


  • सोमबार, फाल्गुन २३ २०७८
10.4K
SHARES

फाइल तस्विर

सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेयर ४९२ दशमलव २६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने २ अर्ब ६० करोडमै रोकिएको छ ।

दिनभर भएका ४० हजार १३० कारोबारबाट ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा रोकिएको छ ।

बजार झिनो अंकले बढ्दा सबैभन्दा धेरै बढ्नेमा बुद्धभूमी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सबसेयर मूल्य ३९.१ रुपैयाँले बढेर प्रतिकित्ता ७०३ रुपैयाँ पुगेको छ ।

धेरै बढ्ने दोस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) बिएनटी देखिएको छ । बिएनटीको सेयर मूल्य ७१९ रुपैयाँले बढेर १३ हजार ८५० पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा