आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

एकै दिन २ हजारले बढ्यो सुनको भाउ, डेढ वर्ष यताकै उच्च


  • आइतबार, फाल्गुन २२ २०७८
11.6K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।

जुन, आज आइतबार तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो । यसअघि, गत वर्ष सुनको मूल्यले उच्च कीर्तिमान कायम गर्दा पनि चाँदीले यो मूल्य भेट्टाएको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा