शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नोकियाले ल्यायो आजसम्मकै सबैभन्दा सस्तो स्मार्टफोन


  • शनिबार, फाल्गुन २१ २०७८
8.7K
SHARES

काठमाडौं – नोकियाले आजसम्मकै सबैभन्दा सस्तो मोवाइल बजारमा ल्याएको छ । नोकियाको मोबाइलको विक्रेता कम्पनी एचएमडी ग्लोबल सबैभन्दा सस्तो स्मार्ट फोन सार्वजनिक गरेको हो ।

जसमा दुईवटा डिस्पले रहेका छन् । अत्यन्त सस्तो मूल्य तोकिएको नोकिया २७६० फ्लिप फोनमा क्लामसेल डिजाइन छ ।

हाल अमेरिकी बजारमा उपलब्ध यो फोनमा २.३८ इन्चको इन्टरनल एलसीडी र १.७७ इन्चको एक्टर्नल गरी दुई डिस्पले छन् ।

१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो फोनमा ४ जीबीको इन्टरनल मेमोरी रहेको जनाइएको छ ।

फोटो खिच्नका लागि यो फोनमा सेन्सर फ्लाससहित ५ मेगापिक्सलको क्यामेरा छ ।

३.८ घण्टासम्म टकटाइम रहेको यो फोनको सिङ्गल चार्ज स्ट्याण्डबाई टाइम १८ घण्टासम्मको रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यो फोनको मूल्य १९ डलर अर्थात् झण्डै २,३५० नेपाली रुपैयाँ तोकेको छ ।

नोकियो नेपालमा मोवाइल सेवा सुरु भएदेखिनै लोकप्रिय ब्राण्ड बनेको थियो ।

अहिले बजारमा अरु कम्पनीका मोवाइल सेट आउन थालेपछि यसको बजार केही खस्किएको छ । तर पनि यसको आम्दानी भने घटेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा