शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हामी एमसिसीको पक्षमा छौँ : महन्थ ठाकुर


  • आइतबार, फाल्गुन १५ २०७८
10K
SHARES

फाईल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ।

आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताएका छन्। एमसिसीमा अमेरिकाको लक्ष्य सकारात्मक छ, त्यसैकारण हाम्रो पार्टी समर्थन गरिरहेको छ,’ उनले भने।

उनले नेपालको मागअनुसार नै एमसिसी आएको पनि बताए। ‘नेपालले आफ्नो आवश्यकता र मागअनुसार नै यो पाएको छ,’ उनले भने, ‘जवरजस्ती लादीएको होइन।

देश कमजोर र गरिब भएपछि उसको स्वतन्त्रतामाथि आघात पुग्ने सम्भावना हुन्छ।’सदनमा टेबल भएको एमसीसी आज छलफल भइरहेको छ । विभिन्न दलका नेताहरू एमसीसीको विषयमा छलफल  तथा आफ्ना भनाइहरू राखिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा