शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसिसी पारित गर्ने प्रक्रियामा एमाले भाग नलिने


  • आइतबार, फाल्गुन १५ २०७८
9.4K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी नेकपा एमाले एमसिसी पारित गर्ने प्रक्रियामा भाग नलिने भएको छ ।

आइतबार कुराकानी गर्दै महासचिव शंकर पोखरेललेसम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताएका हुन्।

यसलाई हामीले स्वाभाविक मान्छौुं, पोखरेलले भने, हाम्रो माग सम्बोधन नभएको अवस्थामा हामी संसदको प्रक्रियामा भाग लिन्नौं।

एमालेले संसदीय प्रक्रियामा भाग लिन आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद हटाउनु पर्ने वा सभामुखलाई हटाउनुपर्ने बताउँदै आएको छ।

प्रतिपक्षी एमालेलाई प्रयोग गरेर सत्तारूढ नेपाली कांग्रेसले गठबन्धनमा माओवादीलाई तर्साउने काम गर्‍यो निु, भन्ने प्रश्नमा पोखरेलले भने, त्यसो गरेको भए पनि हामीलाई आपत्ति छैन। किनकि नाटकको पटाक्षेप हुन जरूरी थियो। सत्ताको जिम्मेवारी सत्ता एक ठाउँमा उभिनुहुन्थ्यो। सत्ता एक ठाउँमा उभियो यसले सरकार डिरेलु भएको ठाउँबाट एक ठाउँमा आयो। सरकार विभाजित हुन मिल्दैन थियो। विभाजित हुँदा दुबै पक्ष सरकारमा बस्न मिल्दैन थियो। दुबै पक्ष सत्तामा बस्न तयार भए।

उनले माओवादी केन्द्रले जे भनेका थिए अवाञ्छित थियोु भन्ने पुष्टि भएको बताए।

माओवादी के हुन् भन्ने जनताले बुझेका छन्, पोखरेलले भने, कार्यकर्ताले पनि बुझ्छन्। यसर्थमा नेकपा विभाजित गर्न जे आरोप हाम्रो अध्यक्ष माथि लगाए त्यो सबै गलत थियो भन्ने कुरा समय क्रममा उनीहरूले पुष्टि गरेका छन्।ु

उनले व्याख्यात्मक टिप्पणीको सन्धीरसम्झौताका हकमा कुनै कानुनी आधार नहुने बताए।

‘यो व्याख्यात्मक टिप्पणीको के कानुनी हैसियत छ र ’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा