अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसी संसद्मा टेबल गर्ने बेलामा अर्थमन्त्री जनार्दन शर्मा बिरामी परेका कारण संसद्मा उपस्थित थिएनन् ।
अर्थमन्त्रीले टेवल गर्नु पर्ने एमसिसी सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेबल गरेका थिए। आज पनि संसद्मा एमसीसी प्रस्तावमा छलफल हुने भनिएको समयमा अर्थमन्त्रीले प्रस्ताव पेस गर्ने कार्यतालिका थियो तर अर्थमन्त्री आज पनि संसद्मा हाजिर नहुने भएका छन्। संसद् छल्नकै लागि अर्थमन्त्री शर्मा पर्वत पुगेको जानकारहरू बताउँछन् ।
सत्ता गठबन्धनको प्रमुख घटक प्रचण्ड नेतृत्वको दल एकीकृत माओवादी पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थ मन्त्री जनार्दन शर्मा आफ्नू पार्टीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे सँगै नैतिक सङ्कटमा परेको हुन सक्ने अनुमान समेत गरिएको छ ।
बुधबार साँझ नै पर्वत पुगेका शर्माले बिहिबार बिहान बागलुङको निर्माणाधीन बलेवा विमानस्थलको अवलोकन गरे। पर्वत उद्योग वाणिज्य संघको ११ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी पर्वत गएका हुन्।
उनी निकट स्रोतका अनुसार अर्थमन्त्री शर्माको निर्धारित कार्यक्रम भएका कारण संसदमा गयल हुने भएका हुन् । अर्थ मन्त्रालय मातहत रहेको एमसिसी परियोजनाबारे संसदमा छलफल हापेर अर्थमन्त्री नै अन्यत्र हिड्नु गलत भएको भन्दै शर्माको आलोचना भइरहेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।