नेपाल राष्ट्र बैंकले घरजग्गा, सेयर र सवारी साधनमा जाने कर्जामा कडाइ गरेको छ । गत बिहीबार राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा गर्दै यस्तो क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने बताएको थियो । सो समीक्षा कार्यान्वयनका लागि बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै कडाइ गरेको हो कडायी गरे संगै घर जग्गा ब्यबसाई मारमा पर्ने देखिएको छ ।
जारी गरिएको सर्कुलर अनुसार सवारी कर्जा, घर जग्गा र सेयर धितोकर्जाको जोखिम भारित औसत सीमालाई बढाएर १५० प्रतिशत पुर्याएको छ । यसअघि यस्तो सीमा सय प्रतिशत थियो । भारित औसत दर १५० प्रतिशत पुर्याएपछि अब बैंकहरुले यस्ता क्षेत्रमा ठूलो मात्रामा लगानी गर्न सक्ने छैनन् । पूँजीको अनुपातमा जोखिमलाई हेरेर राष्ट्र बैंकले तोकेको सीमाभित्र यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने भएकाले बैंकहरुबाट ऋण प्रवाह थप खुम्चनेछ ।
जोखिमभार बढाएपछि बैंकहरु जोखिमभार कम भएका क्षेत्रहरु कृषि, पर्यटन, साना तथा मझौला क्षेत्रहरुमा लगानी गर्न बाध्य हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । जोखिमभार बढी भएको क्षेत्रमा लगानी गर्दा बैंकहरुले अतिरिक्त पुँजीको आवश्यकता पर्छ । पुँजी कोष पर्याप्तता अनुपात धेरै घटे राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्न सक्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।