बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
नेपाली बजारमा हिजो मंगलबार सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको थियो । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको थियो भने आज ५०० रुपया घटेको छ ।
हिजो बढेको मुल्या गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।