मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ: गगन थापा


  • आइतबार, फाल्गुन ८ २०७८
10K
SHARES

फाइल तस्विर

कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका छन्।

उनले एमसिसीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका हुन्।

आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो। यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ,’ उनले अगाडि भने,‘ यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ। त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।’

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएर छलफलका लागि प्रस्तुत हुनु  सकारात्मक भएको उनले बताए।अवरोधका बीचमा छलफल हुन्छ वा हुँदैन भन्ने विषय पनि आजबाट सकिएको उनले बताए।

‘आजबाट अवरोधकै बीचमा संसदमा छलफल हुन्छ कि हुन्न भन्ने डर पनि यही टुंगिएको छ। हामीलाई एउटै कुराको डर थियो। छलफलमा नेकपा एमालेले भाग लिनुभयो। मजदुर किसान पार्टीले, जनमोर्चाले, माओवादी पार्टी सबैले भाग लिइसकेपछि १२ गतेबाट यसमा सामान्य छलफल प्रारम्भ हुन्छ,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा