पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो ।
यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।