सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरोलो लागेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ तोकिएको छ । मंगलबार तोलामा १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।