सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

मुगुका सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता


  • बिहिबार, माघ २७ २०७८
11.1K
SHARES

मोहन बानियाँ

जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ ।

जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ ।

महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा