साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन ।
आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो । आइतबार करिब ६ अर्ब पुगेको शेयर कारोबार रकम सोमबार भने ५ अर्बमा सीमित भएको छ ।
दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।