शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


  • आइतबार, माघ १६ २०७८
8.6K
SHARES

फाईल तस्बिर

विकास ऋणपत्र मार्फत नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न लागेको हो ।

एक सूचना जारी गर्दै ऋणपत्रका लागि आह्वान गरेको बैंकले ऋणपत्र २०७८ माग १७ गते जारी भएर २०८२ माघ १७ गते परिपक्‍व हुने जनाएको छ । यद्यपि, ऋणपत्रको ब्याज भने लगानीकर्ताहरूले छ÷छ महिना अर्थात् अर्धवार्षिक रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले आइतबार अर्थात् आज दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

तथापि, खुल्ला प्रतिस्पर्धाबाट ऋणपत्रमा वितरण गरिने भएपनि कुल ऋणपत्रको १५ प्रतिशत विना प्रतिस्पर्धाका आधारमा वितरण गरिने बैंकले बताएको छ । अर्थात् कुल १० अर्बको विकास ऋणपत्रमा ८ अर्ब ५० करोड खुल्ला प्रतिस्पर्धाबाट र बाँकी १ अर्ब ५० करोड विना प्रतिस्पर्धाबाट वितरण गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा