शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर बजारमा सामान्य सुधार, चार दिनपछि घट्ने क्रम रोकियो


  • बिहिबार, माघ १३ २०७८
8.4K
SHARES

फाईल तस्बिर

आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसम्म बढ्ने घट्ने क्रम तीव्र बन्यो ।

आज दुई पटक उकालो लाग्दै परिसूचक २८ सय अंकभन्दा माथि पुगेको थियो । तर, दुई पटक नै घट्दै फेरी अन्तिम समय सम्ममा ३ अंकको सामान्य सुधार आएका हो । यससँगै परिसूचक २७ सय ७९ अंकमा पुगेर बन्द भएको छ ।

यसक्रममा आज जम्मा तीन अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ६६ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । लगातार चार दिनदेखि ओरालो लागेको नेप्से सूचक १४३ अंकको गिरावटपछि आज तीन अंकले उकालो लागेको हो ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यससँगै विन नेपालको सेयर मूल्य १३ सय ३८ रुपैयाँ प्रतिकित्ता र बुद्ध भूमिको सेयर मूल्य ५०९ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा