आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

चार दिनमा १४३.९ अंकले घट्यो नेप्से


  • बुधबार, माघ १२ २०७८
10.2K
SHARES

फाईल तस्बिर

शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ ।

साताको चौथो दिन बुधबार ३८.४५ अंकले बजार ओरालो लाग्यो । यो साता सरकारले विभिन्न क्षेत्रमा महामारीका कारण कडाइ गरेका कारण तरलता संकट कम भएर शेयर बजार बढ्ने अपेक्षा विपरीत सबै दिन ओरालो रह्यो ।

चार दिनमा बजार १४३.९ अंकले घटेको हो । बुधबार सबै उपसमुह राताम्य रहे । त्यसमा पनिसबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । बुधबार कारोबार रकममा समेत ठूलो गिरावट आएको छ ।

कुल २३३ कम्पनीको ६१ हजार ४ वटा कारोबारबाट बुधबार ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ । यो किनबेचबाट ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको छ । बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो ।

सीइडीबी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले समेत कमाए । यस दिन पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा