आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

शेयर बजारमा पहिरो, १०० अंकले घट्यो परिसूचक


  • सोमबार, माघ १० २०७८
7.8K
SHARES

फाइल तस्विर

शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच यो साता दुई दिन नै बजार ओरालो लागेको हो । सोमबार कारोबार रकम समेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार भएको छ ।

यसबाट लगानीकर्ताले अघिल्लो साता बढेको बजारबाट नाफा बुक गरि बाहिरिएको अनुमान गर्न सकिन्छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २ सय ५ वटा कारोबार भयो । यो कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार सबै परिसूचक राताम्य रहृयो । यसमा पनि सबैभन्दा बढी वित्त, विकास बैंक र जलविद्युत उपसमुहका लगानीकर्ताले बढी गुमाए । उच्च अंकले घटेको बजारमा पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो ।

ज्योती लाइफ इन्स्यूरोन्स र गुर्खाज फाइनान्सको समेत मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीमा कणर्ाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेललगायत रहे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा