टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।
आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।