आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?


  • बुधबार, माघ ५ २०७८
12.6K
SHARES

फाइल तस्विर

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य तोक्दै सुन १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ थियो ।

माघ २ गते तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढीरहेको छ । त्यसयताका तीन दिन लगातार एक सय रुपैयाँका दरले सुनको मूल्य बढीरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एकै दिन ३० रुपैयाँले बढेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा