शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कामना सेवा विकास बैंक बन्यो दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, नाफा घट्यो


  • मंगलबार, माघ ४ २०७८
11.8K
SHARES

फाईल तस्बिर

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, कामना सेवा विकास बैंक बनेको छ । बैंकले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफामा अधिकतम् ११.८९ प्रतिशतले गिरावट आएको छ ।

मंगलबार जारी रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्ष ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाउँदा यस वर्षको समीक्षा अवधिमा जम्मा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ मात्र कमाउन सकेको छ । बैंकले यस वर्ष गैर सञ्चालन आम्दानी खासै नगरेकाले खुद नाफा घटेको जनाएको छ ।

दोस्रो त्रैमासको अन्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०२ पैसा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा