साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ ।
कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक ६ देखि ७ अर्बको हाराहारीमा कारोबार भएको थियो ।
आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो । उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।