शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तत्काल लकडाउन गर्नुपर्ने पक्षमा छैन स्वास्थ्य मन्त्रालय


  • सोमबार, पुष २६ २०७८
13K
SHARES

फाईल तस्बिर

नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ।

हिजोको सिसिएमसीको सिफारिसले धेरैलाई अब लकडाउन हुन्छ वा हुँदैन भन्ने चासो छ। सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ।

यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्ने/नगर्ने निर्णय लिने हो। विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो।

काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू निरन्तर छलफलमा छन्। अहिलेसम्म भएका छलफलले अझै सबै पक्षसँग थप परामर्श गरेर र जोखिम मूल्यांकन गरी थप निर्णय लिने भनिएको छ।

स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु नपर्ने बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा