आइतबार, माघ ९ २०७८
ताजा अपडेट

बढ्दै कोरोना संक्रमित, २४ घण्टामा साढे ११ सय नाघे


  • KTM Khabar
  • आइतबार, पुष २५ २०७८
3.1K
SHARES

फाइल तस्विर

पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

आज देशभर होम आइसोलेसनमा ६ हजार १२७ जना र जना संस्थागत आइसोलेसनम ६२८ जना रहेका छन् । तीमध्ये ७० जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा