आइतबार, माघ ९ २०७८
ताजा अपडेट

शेयर बजारमा ७३ अंकले वृद्धि, ८ महिना यताकै उच्च कारोबार


  • KTM Khabar
  • आइतबार, पुष २५ २०७८
931
SHARES

फाइल तस्विर

साताको सुरुको दिन आइतबार शेयर बजारमा ७३ अंकको उछाल आएर नेप्से २७ सय ६५ पुग्यो ।

धेरै समय पछि कारोबार समेत ७ अर्ब नाघ्यो । कारोबार रकम ८ महिना यताकै उच्च हो । यस दिन कारोबार कित्ता समेत डेढ करोड नाघ्यो ।

सबै समूह उकालो लाग्दा निर्जीबन बीमा समूह सबैभन्दा उच्च ४ सय अंक बराबरको बृद्धि आयो । जीवन बीमा समूह पनि झण्डै ३ सय अंकले उक्लियो ।

विकास बैंक समूहमा पनि अढाई सय अंकको बृद्धिभयो । व्यापार, जलविद्युत, वित्त र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको सुधार भयो ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ३५ अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३९ कम्पनीको डेढ करोड कित्ता शेयर ७ अर्ब १० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा