साताकाे पहिलाे दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ।
महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। यो साताको भाउ हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।