काङ्ग्रेस भित्र रूपान्तरण ल्याउने नारा लगाएर सबैभन्दा लोकप्रिय मत ल्याएर महामन्त्री जितेका नेता गगन कुमार थापा शेखर कोइरालाले बोलाउने गुटगत भेलामा सामेल हुन थालेका छन् ।
शेखरले बुधबार काठमाडौंमा गुटको भेला बैठक बोलाएका छन् । भेलामा १४औँ महाधिवेशनमा शेखरको प्यालनबाट उम्मेदवार बनेर जितेका र पराजित भएकाहरूलाई बोलाइएको छ ।
गुटको भेला बस्नुभन्दा अगाडि शेखरले मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा महामन्त्री गगनकुमार थापा, अर्जुन नरसिंह केसी, बलबहादुर केसीसहितका सीमित नेताहरूलाई बोलाएर गोप्य बैठक भएको थियो ।
महामन्त्री गगनकुमार थापा नेता अर्जुन नरसिंह केसीका ज्वाइँ हुन् । शेखरको गुटको बैठक र भेलामा ज्वाइँ र ससुरा जाने गरेका छन् । यसरी गुटको भेलामा जान्न भनेका युवा नेता गगन थापा शेखर कोइरालाले बोलाएको भेलामा गए पछि युवाहरूमा नैरास्यता उत्पन्न भएको स्रोत बताउँछ ।
गुटको अन्त्य भएको र गुटगत भेलामा सामेल नहुने घोषणा गरेका महामन्त्री थापा पुन गुटमै रमाउन थाले सँगै काँग्रेसमा गुटको बीजारोपण गर्न गगन थापा नै लागि परेको आभास हुन थालेको छ ।
महाधिवेशनका बेला शेखर र गगनले पार्टीभित्र गुट र भागबन्डाको राजनीतिको अन्त्य भएको घोषणा गरेका थिए । अहिले आएर शेखर र गगनले गुटको भेला तथा गोप्य बैठकहरू राखेपछि उनीहरूको अनुहार उदाङ्गो बनेको छ । कांग्रेसभित्र रुपान्तरण ल्याउने नारा लगाएका गगनको यो हर्कतले युवाहरूमा निरासा छाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।