आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुन तोलामा ९ सयले घट्यो, तोलाको कति पुग्यो?


  • मंगलबार, पुष २० २०७८
12.6K
SHARES

फाइल तस्विर

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९२ हजार २०० तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला  ९३ हजार १०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा