शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक २६ सय माथि


  • सोमबार, पुष १९ २०७८
13.5K
SHARES

फाइल तस्विर

शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ ।

साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि सोमबार साढे चार अर्ब माथि पुगेको छ ।

दिनभर ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ पुग्यो । सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।

धेरै घट्ने कम्पनीहरूमा नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, युनाइटेड इन्स्यारेन्स, रुरु जलविद्युत् कम्पनीलगायत छन् । नबिल बैंकसँग मर्जरको चर्चाका कारण केही दिन अघिदेखि शेयर मूल्य बढिरहेको नेपाल बंगलादेश बैंक सोमबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा