नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो ।
नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलीमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ ।
अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।