आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम तीन अर्बमा झर्‍यो


  • मंगलबार, पुष १३ २०७८
12.8K
SHARES

फाइल तस्विर

साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ ।

एक सातासम्म लगातार बढेर सोमबार ६९ अंकको गिरावट भएको नेप्सेमा मंगलबार दिनभर उतार–चढावबीच २.६६ अंकले घटेर २५१८.९९ अंकमा बन्द भएको छ ।

बजार परिसूचकमा समान्य गिरावट भए पनि कारोबार रकम भने सोमबार साढे पाँच अर्बमाथि पुगेकोमा आज तीन अर्बमा सीमित भएको छ । आज नेप्सेमा ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ५५ लाख ७६ हजारको कारोबार भएको छ ।

कारोबार रकममा हिमालयन डिस्टिलरीले लिड गरेको छ । कम्पनीको २६ करोड करोडको सेयर कारोबार हुँदा नबिल बैंकको २५ करोडको कारोबार भएको छ ।

नेप्सेमा आज सामान्य गिरावट भए पनि व्यापार, विकास बैंक, वित्त कम्पनी हाइड्रोपावर, उत्पादनमूलक र अन्य उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङसहित बिमा उपसूचकमा भने गिरावट भएको छ ।

आज नेप्सेमा १९० कम्पनीको सेयर किनबेच हुँदा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको  सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबार भएकामध्ये मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स कम्पनीको  सेयर मूल्य ५.३६ प्रतिशत, जानकी फाइनान्सको सेयर मूल्य ४.८५ प्रतिशत र  गुडविल फाइनान्सको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा