शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

होटेल सब्रिनालाई बेष्ट नेपाल होटेल अवार्ड


  • मंगलबार, पुष १३ २०७८
9.4K
SHARES

१३ पुस, काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६, गणेश चोकमा रहेको होटेल सब्रिनाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छ ।

भारतमा रहेको होटेल रिसर्च संस्थाले होटेल सब्रिनालाई बेष्ट नेपाल अवार्ड प्रदान गरेको हो ।

मङ्गलवार होटेल सब्रिनामा नै एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भारतीय संस्था होटेल क्रिटिक्स एण्ड ब्लगर एसोसिएसनले सब्रिनालाई उक्त अवार्ड प्रदान गरेको हो । होटेलका अध्यक्ष नीराजन थापाले अवार्ड ग्रहण गरेका थिए ।

नेपालका होटलहरुले प्रदान गरेको सेवा, सुविधालाई आधार मान्दै उक्त अवार्ड प्रदान गरेको जनाएको छ ।

‘अवार्ड प्राप्त गरेसँगै होटेल टिमलाई थप जिम्मेवारी थपिएको छ । अवार्डका लागि योग्य ठानेर हामीलाई सो अवार्ड प्रदान गरेकोमा होटेल क्रिटिक्स एण्ड ब्लगर एसोसिएसन जुरी टिमलाई धन्यवाद दिन्छु ।’, केटिएम खबरसँग कुराकानी गर्दै अध्यक्ष थापाले बताए । उनी भन्छन्, ‘अहिले हाम्रोमा ३५ वटा कोठा छन् । ग्राहकको मागलाई मध्यनजर छिट्टै ७० कोठाको संरचना बनाउँदैछौँ । ग्राहकको आवश्यकतालाई पुरा गर्न नयाँ नयाँ खोजको विकास गर्दै होटेललाई होटेललाई अगाडी लैजाने सोच रहेको बताए ।’

अवार्ड कार्यक्रममा अवार्ड प्रदान गर्ने संस्थाका टिम, होटेल व्यवस्थापन टिम, होटलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अवार्ड कार्यक्रम बिहान ११ बजेदेखि मध्यान्ह १२ सम्म चलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा