आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो


  • सोमबार, पुष १२ २०७८
10K
SHARES

फाइल तस्विर

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको जानकारी दिएको हो । हिजो सुनको मूल्य स्थिर थियो ।

तोलामा एक सय रुपैयाँको वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

हिजो छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ छ । हिजो चाँदी प्रतितोताल १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा