शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । विहीबार बजार मापक परिसूचक नेप्से १२.५३ अंकले बढेर २५२०.२३ को बिन्दुमा पुगेको छ ।
यो हप्ता ४ दिन कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिन ओरालो लाग्यो । सोमबार घटेको बजार, मंगलबार, बुधबार र विहीबार उकालो लागेको हो ।
विहीबार कारोबार भएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको बजार भने ओरालो लागेको छ । विकास बैंक, जलविद्युत र वित्त उपसमूहको बजार ओरालो लागेको हो । यसदिन सबैभन्दा धेरै वित्त उपसमूहले ४९.१ को क्षति बेहोर्दा, निर्जीवन बीमा उपसमूहले सबैभन्दा धेरै ३८१.९७ अंकले कमायो ।
विहीबार २२९ कम्पनीका ८३,२३,९२३ कित्ता शेयर किनबेच हुँदा ४,४९,०२,६६,४१० रुपैयाँ बराबरको कारोबार भयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।