शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रतितोला ७०० ले बढ्यो सुनको मूल्य


  • बिहिबार, पुष ८ २०७८
7.4K
SHARES

फाईल तस्बिर

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सुनको मूल्य आज उकालो लागेको जानकारी दिएको हो । यसअघि, मंगलबार र बुधबार निरन्तर मूल्य ओरालो लागेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढ्दो छ । प्रतितोला १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा