शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एकैदिन ८०० रुपैयाँले सस्तियो सुनको मूल्य


  • मंगलबार, पुष ६ २०७८
11.6K
SHARES

फाइल तस्विर

मंगलबार सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।

गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा