गठबन्धन दलहरूबीच आइतबार बालुवाटारमा भएको बैठकले एमसिसीबारे अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।
एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्ने विषयमा सर्वदलीय छलफलपछि बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सदस्य छन्।
खनाल तत्कालीन नेकपाद्वारा गठित एमसिसी अध्ययन कार्यदलमा समेत संयोजक थिए। उक्त कार्यदलमा भीम रावल र तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए।
आजको सर्वदलीय बैठकमा बोल्दै खनालले यसअघि आफ्नै नेतृत्वमा कार्यदल बनेर अध्ययन गरेकाले धेरै कुरा थाहा भएको र अन्य दलहरूसँग थप छलफल गर्न सकिने बताएका थिए। त्यसपछि यसपालि पनि उनकै संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।