बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको बिहीबारको कारोबार मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रति तोला मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको बिहीबारको खरिद बिक्री मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको प्रतितोला मूल्य १२ सय १० रुपैयाँबाट वृद्धि भएर १२ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।