नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको जानकारी दिएका छन् ।
उनकाअनुसार ६ घण्टाभित्र मतपरिणाम आइसक्नेछ। महामन्त्रीका लागि गगन थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।