एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन्।
चितवन महाधिवेशनपछि दोस्रो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनयन, स्थायी समिति गठन, पोलिटब्युरो तथा प्रदेश इन्चार्ज तोक्ने लगायतको काम गरेको थियो। भक्तपुरमा बसेको बैठकमा अध्यक्ष ओलीले सिधै नामहरू प्रस्ताव गरेका थिए।
लगत्तै सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरूङ, योगेश भट्टराई, झपट रावल, निरज आचार्य लगायतले विरोध जनाएका थिए।
‘के आधारमा मान्छेलाई स्थायी समिति, पोलिटब्युरोमा ल्याउने भन्ने मापदण्ड बनाउनुपर्थ्यो ‘, एमाले स्थायी समिति सदस्य योगेश भट्टराईले भने, ‘एकदमै पुरानो साथीहरू पोलिटब्युरो र स्थायी समितिमा छैनन्। अध्यक्षले मन पराउने र मन नपराउनेको आधारमा जानुहुन्न। मापदण्ड बनाउँदा जिम्मेवारी पाउनेले पनि यो मापदण्डका कारण पाएँ भन्ने हुन्छ नपाउनेले पनि यो मापदण्डको कारण पाइनँ भन्ने वातावरण बनाउनुपर्थ्यो।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।