आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कांग्रेस महाधिवेशन : कांग्रेस काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण


  • शुक्रबार, मंसिर २४ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ ।

महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् ।

उनले महाधिवेशनमा आएका ७७ रै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन् ।

उम्मेदवारहरूको मनोनयन भने शनिबार हुनेछ। सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ। कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ।

मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछन् भने २९ मतपत्र रहनेछ। कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।

उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ। बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ।

महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबारे बन्द सत्रमा छलफल हुनेछ।

कांग्रेसले बिहीबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक गरेर यी प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा