शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।